दुई छोरा लाई झुण्ड्याएर आमा ले गरीनआत्महत्या

  विराटनगर २५ ,भदौ । मोरङको बुढीगंगा गाउँपालिकाकी एक महिलाले दुई छोरालाई  पासो लगाएर झुन्ड्याएपछि आज आफूले पनि आत्महत्या गरेको खुलेको छ। उनले  १० वर्षीय निशान यादव र ५ वर्षीय अमन लाई घरकै बलोमा डोरीको पासो लगाउँदै झुन्ड्याएपछि २९ वर्षीय कविता यादवले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

             मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार दुबै छोरालाई डोरीको पासो लगाएर झुन्ड्याए पछि आमा आफूले पनि एक तले घरको बलोमा डोरीको पासो लगाएर झुन्डिएर आत्महत्या गरेको खुलेको हो,प्रहरी घटनास्थलमा पुग्दा विहान साढे १० बजे कान्छो छोरा अमन र आमाको शव घरको बलोमा झुन्डिएको अवस्थामा फेला परेको केसीको भनाइ छ ।जेठो छोरा निशानलाई झुन्ड्याएको डोरी भने छिनेका कारण उनी भने बाँच्न सफल भएको प्रहीले जनाएको छ । छोरालाई भने घाइते अवस्थामा प्रहरीले उपचारका लागि विराट नर्सिङ होममा लगेको छ । आमाले झुन्ड्याएका मध्ये कान्छो छोराको मृत्यु भए पनि डोरी छिनेका कारण जेठो छोरालाई भने घाइते अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

             स्थानीय बासिन्दाका अनुसार कविताका पति अमरलाल यादवको २वर्ष अघि नै निधन भइसकेको थियो।

कमेन्टहरु
Loading...