त्रिशूली बस दुर्घटनामा आठ महिने नवशिशु जिवित , आमा अझै बेपत्ता

काठमाडौंबाट बुधबार बिहान ५:४० बजे अर्घखाँचीका लागि छुटेको बस पृथ्वीराजमार्ग अन्तर्गत फिस्लिङमा मुग्लिनबाट काठमाडौं जाँदै गरेको ट्रकले ठक्कर दिएपछि त्रिशुलीमा खस्यो ।बसमा सवार ८ जनाको मृत्यु भयो । २२ जना घाइते भए ।
तर भाग्यवस दुर्घटनामा ८ महिने शिशु भने बाँचेका छन् । अर्घखाँचीको सन्धीखर्क–१ निवासी आमा मनिषा थापा भने त्रिशुलीमा बेपत्ता छिन् ।

शिशुको आईसियूमा उपचार भइरहको छ । शिशुको छाति र हातमा चोट लागेको छ । उपचारका लागि उद्धार गरी भरतपुर पुर्‍याइए लगत्तै पुरानो मेडिकल कलेजको इमरजेन्सीकक्षबाट शिशुलाई आईसियूमा सारिएको थियो ।
शिशुका बाबु साउदी अरबमा रहेको बताइएको छ ।शिशुका आफन्तले बस दुर्घटनामा शिशु बाँचेको बुधबार राति मात्र थाहा पाएको बताए ।

कमेन्टहरु
Loading...