जिल्ला इन्चार्ज हत्याविरुद्ध विप्लवद्वारा ४ दिने आन्दोलनको घोषणा, १० गते नेपाल बन्द

काठमाडौं । ‘विप्लव’ पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याविरुद्ध ४ दिने आन्दोलनको घोषणा गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।


कमेन्टहरु
Loading...