जाने होइन त प्रधानमन्त्री सँग टीका लगाउन ?

प्रधानमन्त्री केपी ओलीले पनि यो वर्ष देखि सर्वसाधारणलाई दशैको टीका लगाइदिने भएका छन् । राष्ट्रपति र पूर्व राजाले सर्वसाधारणलाई विजयादशमीको दिन टीका लगाइ दिने चलन जस्तै बनेको थियो ।

यो वर्ष देखि राष्ट्रपति र पूर्व राजा जस्तै प्रधानमन्त्रीले पनि आफुलाई टीका लगाइदिने कार्यमा सहभागि गराएका छन् ।

विजयादशमीको दिन शुक्रबार प्रधानमन्त्रीले दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई टिका लगाइदिने उनको सचिवालयले जानकारी दिएको छ

शुक्रबार अपरान्ह साढे तीनदेखि देखि साढे पाँच बजेसम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको छ । त्यस्तै एकादशी देखि चतुर्दशी बिहान नौ बजेदेखि एघार बजेसम्म पनि प्रधानमन्त्रीले कार्यकर्ताहरु र शुभचिन्तकहरुलाई टिका लगाइदिने कार्यक्रम रहेको छ ।

कमेन्टहरु
Loading...