छोरेपाटनमा पक्की सडक उद्घाटन

मंसिर ९, कास्की/ पोखरा–१७ छोरेपाटनको पुरानो भएरथान मार्गमा हालै निमार्ण भएको पक्की सडक शनिबार उद्घाटन गरीएको छ । छोरेपाटन टोल सुधार समितिका अध्यक्ष ऋतु लम्सालले ७८ मिटरको उक्त सडकको उद्घाटन गर्नु भएको हो ।
पोखरा उप–महानगरपालीका कार्यालय र स्थानीय बासिको करीब ५ लाख ६० हजार लागतमा उक्त सडक निमार्ण भएको सीमल टुँडामार्ग बाटो तथा पहिरो नियन्त्रण समितिका अध्यक्ष गुप्तबहादुर गुरुङले बताउनु भयो । उक्त कार्यक्रम बाटो निमार्ण समितिका अध्यक्ष मैता गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
छोरेपाटन टोल सुधार समितिका अध्यक्ष लम्साल र सीमल टुँडामार्ग बाटो तथा पहिरो नियन्त्रण समितिका अध्यक्ष गुरुङको नेतृत्वमा नगरपालीको ६० प्रतिशत र स्थानीय वासिको ४० प्रतिशतमा उक्त बोटो निमार्ण भएकोे हो ।

कमेन्टहरु
Loading...