छुट्टिए आश्मा र सरोज

कार्टुन क्रियुमा सरोज अधिकारीकी जोडी बनेर चर्चामा आएकी आश्मा बिश्वकर्माले सरोजको साथ छोडेकी छिन् । उनले अब सन्नी सिंहसँग सहकार्य गर्ने भएकी छिन् । पछिल्लो सिरिज ‘ट्वान्टी फस्र्ट लभ’को सफलतासँगै मिडिया स्केपले सरोज र आश्माको जोडी तोडिदिएको हो । यो कम्पनीले अर्को सिरिज ‘यू एण्ड मी’ निर्माण गर्ने भएको छ । यहि सिरिजमा आश्मा र सन्नी जोडीका रुपमा प्रस्तुत हुने भएका हुन् ।

टेलिभिजन र युट्युवमा आउने उक्त सिरिजको टिजर, ट्रेलर पनि निर्माण टिमले सार्वजनिक गरेको छ । सिरिज कहिलेबाट प्रसारणमा आउँछ भन्ने कुरा भने सार्वजनिक भएको छैन् । निर्देशक सरिन पोख्रेलले युवा वर्गलाई लक्षित गरेर दुई पुस्ताको पारिवारिक माया प्रेम, कमेडी र सामाजिक जनचेतनाका कुरालाई समेट्दै सिरिज तयार गर्न लागिएको बताए ।

कान्तिपुर एजडी टेलिभिजनमा यो सिरिज प्रसारण हुनेछ । ‘यू एण्ड मी’मा आश्मा र सन्नीका साथमा  श्याम राई, विशाल पहारी, बिजय अधिकारी, तमन्ना केसी, जित तामाङ, परिक्षित बिक्रम राना, अभिप्सा खनाल, प्रकाश बुढाथोकी, जय जगदिश अधिकारी, उमा कार्की र संगिता बस्याल पनि देखिने छन् ।

 

कमेन्टहरु
Loading...