च्याम्पियन्स लिग अन्तिम १६ को ड्र : कहिले हुँदैछ ? कसरी गरिन्छ ?

युरोपियन च्याम्पियन्स लिगको अन्तिम ३२ को समीकरण पूरा भएको छ । गत राति अन्तिम ८ खेल अन्तिम एक टोलीको टुंगो लागेसँगै प्रतियोगिताको नकआउट चरण पुग्ने १६ वटै टोलीको टुंगो लागेको हो ।

अब प्रतियोगिताको अन्तिम १६ को ड्रको प्रतीक्षा छ । यसको ड्र कहिले र कसरी गरिन्छ भन्ने चासो धेरैलाई छ ।

कहिले हुन्छ ड्र ?

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को ड्र यही डिसेम्बर १७ का दिन सोमबार हुँदैछ । ड्र स्वीट्जरल्यान्डको नियोनमा रहेको युइएफएको केन्द्रीय कार्यालयमा नेपाली समयअनुसार रातिको समयमा हुनेछ ।

कसरी गरिन्छ ड्र ?

अन्तिम १६ को ड्र गर्ने विशेष प्रावधान छ । जसअनुसार समूह चरणअन्तर्गत ८ समूहबाट हरेक समूहबाट समूह विजेता र उपविजेता गरी जम्मा १६ टोली अन्तिम १६ मा पुगेका छन् । अबको ड्रअनुसार एउटा समूहको टोलीले अर्को समूहको टोलीसँग नकआउट चरणमा भिड्नुपर्ने हुन्छ ।

जहाँ कुनै पनि टिमले आफू समूह विजेता बनेको भए अर्को कुनै समूहको उपविजेता प्रतिस्पर्धी पाउनेछ भने आफू उपविजेता बनेर अन्तिम १६ मा जानेले अर्को कुनै समूहको विजेता टोली प्रतिस्पर्धी पाउनेछ ।

त्यसैगरी, कुनै पनि टोलीले अन्तिम ३२ मा आफू रहेको समूहको टोलीसँग खेल्नु पर्दैन । त्यस्तै, आफ्नै देशको अर्को क्लबसँग पनि खेल्नुपर्ने छैन । अर्थात्, नकआउटमा एकै देशका दुई टोलीले आपसमा खेल्नुपर्ने छैन ।

कहिले हुन्छन् अन्तिम १६ का खेल

युइएफएको तालिकाअनुसार सोमबार ड्र सार्वजनिक भएपछि अन्तिम १६ का खेलअन्तगर्त पहिलो लेगका खेल सन् २०१९ को फेब्रुअरी १२ देखि २० तारिखसम्म हुनेछन् । त्यसपछि दोस्रो लेगका खेल भने मार्च ५ देखि १३ तारिखसम्म हुनेछन् ।

नकआउट चरणमा हरेक टोलीले आफ्नो प्रतिस्पर्धी टोलीको घरेलु मैदान र आफ्नो मैदानमा गरी दुई खेल खेल्नेछन् । र, दुवै लेग गरी समग्रमा जित निकाल्ने टोली अन्तिम आठमा पुग्छन् । यदि गोलअन्तर बराबरी भए अवे गोल निर्णायक हुनेछ ।

कमेन्टहरु
Loading...