गरिमाले २५ प्रतिशत लाभांश दिने

पोखरा, ११ असोज / पोखराको महेन्द्रपुलमा प्रधान कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०६८÷६९ को मूनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले २०६८÷६९ मा ७ करोड ८९ लाख ८७ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको थियो । त्यसै गरी हाल बैंकले करिव २ अर्व २५ करोड निक्षेप संकलन गरी १ अर्व ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

अधिकृत पूँजी एक अर्व तथा जारी एवं चुक्ता पूँजी बीस करोड रहेको बैंकले आर्थिक वर्ष २०६८÷६९ को अवधिमा नेपाल राष्ट्र बैंकबाट साविक ३ जिल्लास्तरबाट कार्यक्षेत्रबाट १० जिल्लास्तरको स्विकृती पाइसकेको छ ।

बैंकलेरुपन्देहीको बुटवल र भैरहवा, कपिलवस्तुको जितपुर, पर्वतको कुश्मा, फलेवास र हुवास तथा कास्कीको पोखरा–१६, बाटुलेचौरमा गरी जम्मा ७ वटा शाखा कार्यालय खोल्ने स्विकृति पाए बमोजिम शाखाहरु असौज मसान्त भित्रै संचालनमा ल्याउनै बैकका कार्यकारी अधिकृत गोविन्द ढकालले बताए ।

कमेन्टहरु
Loading...