लोक कवि अलिमियाँ स्कूल डान्स आईडलमा दश जना सेमिफाईनलमा

पोखरा, १६ माघ। अखिल नेपाल चलचित्रकर्मी संघ कास्की पोखरा र नटराज कला पाठशालाको संयुक्त आयोजनामा शुरु भएको कास्की जिल्लाव्यापी लोक कवि अलिमियाँ स्कूल डान्स आईडल २०६९ मा दश जना सेमिफाईनलमा प्रवेश गरेका छन् । पोखराको डि भिलेज रेष्टुरेण्ट एण्ड पार्टी होममा भएको सेकेण्ड क्वाटर फाईनमा १६ प्रतिष्पर्धीमध्ये १० जना सेमिफाईनलमा प्रवेश गरेका हुन् । उनिहरुवीच माघ २० गते सेमिफाईनल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाईन फागुन ७ गते पोखरा सभागृहमा हुने भएको छ ।

सेकेण्ड क्वाटर फाईनलमा श्रीलक्ष्मी उच्च माविकी दिपा लामिछाने, विष्णु पादुका माविकी अनिता सुनार, गण्डकी वोडि· स्कूलकी दिलिशा कार्की, त्रिभुवन उच्च माविका उज्जल राना, इन्द्रराज्य लक्ष्मीकी अस्मीता पुन, राष्ट्रिय उच्च माविकी दिपाली वर्देवा, विष्णु पादुका माविकी निशा सुनार, गण्डकी वोडि· स्कुलकी लुना सापकोटा, गण्डकी वोडि· स्कूलकी अपर्न घिमिरे, श्रीलक्ष्मी उच्च माविकी वविता पुन, सेमिफाईनलमा प्रवेश गरेका छन् ।

कार्यक्रममा प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि अलिमिया लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हाजि हनिफ मिया, चलचित्र निर्माता सुर्वर्ण कायस्थ एकिकृत जनसाँस्कृतिक महासंघ तमुवान राज्य समितिका अध्यक्ष मणिचन्द्र कडेल, कास्कीका अध्यक्ष मदन भण्डारीले टफी तथा प्रमाण पत्र वितरण गरेका थिए ।
प्रतियोगिताका निर्णायकमा सन्तोष सोनुव्यास र प्रिति गुरुङ नानी रहेका छन् भने कोरियोग्राफिमा सागर थापा मगर र मञ्जु तामाङ रहेका छन् । प्रतियोगिताको सञ्चालन नटराज कला पाठशालाकी सदस्य विनिता भुजेल विनिले गरेकी थिईन् ।

प्रतिभाको खोजी मञ्च प्रदान र सम्मान गर्ने उद्देश्यले आयोजना गरेको उक्त आईडलमा प्रथम हुनेलाई १५ हजार प्रमाणपत्र ट्रफी, म्युजिक भिडियो र फिल्ममा अवर प्रदान गर्न प्रयत्न गरिनेको साथै नटराज कला पाठशालामा दुई महिनाको फ्रि कोर्ष तालिम उपल्वध, दोश्रो हुनेलाई १० हजार प्रमाणपत्र, ट्रफी र साँस्कृतिक कार्यक्रमहरुमा समावेश गराईने र तृतीय हुनेलाई नगद पाँच हजार प्रमाणपत्र र ट्रफीको व्यवस्था रहेको आयोजक समितिका संयोजक कमल भण्डारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...