को-को लाई हुने भयो काङ्ग्रेसमा कारवाही ?

बुटवल, २० माघ । नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ५ ले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको जनाउँदै केही नेता तथा कार्यकर्तालाई कारवाहीको सिफारिश गरेको छ ।

पार्टीका क्षेत्रीय सभापति बसीउल्लाह मुसलवानको अध्यक्षतामा बसेको शुक्रबारको बैठकले पार्टीका पूर्वजिल्ला सदस्य डिल्लीराज ज्ञवाली, महासमिति सदस्य अमेरिका कहार, पूर्वमहाधिवेशन प्रतिनिधि कृष्णबहादुर चुनारा, पूर्वजिल्ला सदस्य सम्राट्चन्द्र चुनारा, सैनामैना – ८ का उम्मेदवार रघुनाथ घिमिरे, क्रियाशील सदस्य शेखर श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ११ का सभापति शेषमन दुवे, वडा नं ३ का सभापति सायल मुसलवान, ४ का सभापति रमाशंकर मिश्रा, नेपाल तरुण दल जिल्ला सदस्य प्रदेशी यादव, क्षेत्रीय सदस्य लयसमहमदनाउ मुसलवान, क्रियाशील सदस्य रविशंकर त्रिपाठी र राकेश तिवारीलाई काँग्रेस जिल्ला समिति र केन्द्रीय समितिसमक्ष कारवाहीको सिफारिश गरेको बैठकपछि जानकारी गराइएको छ ।

कमेन्टहरु
Loading...