केपी ओलिलाइ आउट गरि यसरी प्रचण्ड बन्ने छन प्रधानमन्त्री

पौष १४ ,

चुनावी परिणाम आएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालगायत अन्य शीर्ष नेताहरुले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

यसको संकेत एमाले र माओवादीको गठबन्धन टुटाएर माओवादी–कांग्रेस र मधेसवादी दल समेतको सरकार बनाउने हुन सक्छ । यदी एमालेसँगको गठबन्धन टुटेको खण्डमा माओवादी अध्यक्षले सोही अनुरुप कदम नउठाउलान भन्न सकिन्न ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्ने दलले १३८ सांसद संख्या पुर्याउनुपर्छ ।प्रतिनिधिसभामा कांग्रेसका ६३, माओवादी ५३, राजपाका १७, फोरमका १६ सांसद रहने छन् । यसरी हेर्दा कांग्रेस, माओवादी र मधेसवादी गठबन्धनमा १४९ सांसद पुग्छन् । यसो हुँदा एमाले प्रतिपक्षमा हुनेछ र त्यसले गर्दा केपी ओलीलाई ‘आउट’ गरेर प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना एकदम रहेको बुझिन्छ ।

कमेन्टहरु
Loading...