कुवेतको खराफी कम्पनीमा लगभाग ३०० जना नेपाली अलपत्र , तत्काल उद्धार गरिने निर्णय

मंसिर २० – कुवेतको खराफी नेशनल कम्पनीमा लगभाग ३०० जना नेपाली अलपत्र परेका थिए | अहिले सरकारको आदेश अनुसार अलपत्र परेका नेपाली कामदारहरुलाई तत्काल उद्धार गरिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार खराफी नेशनल कम्पनीमा तीन सय जना नेपाली कामदार अलपत्र परेका छन् । तीमध्ये ९४ जनाले कुवेतस्थित नेपाली दूतावासमा अलपत्र परेको गुनासो गरेका थिए ।
परराष्ट्र मन्त्रालयले अलपत्र परेका कामदारको तथ्याङ्क संकलन गर्नेछ । तथ्याङ्कका आधारमा वैदेशिक रोजगार विभागले कामदार पठाउने म्यानपावर कम्पनीसँग समन्वय गरेर उद्धार गर्नेछ । अलपत्र परेका कामदार विभिन्न पाँच वटा म्यानपावरबाट कुवेत पुगेका थिए ।
वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका प्रतिनिधिको समेत उपस्थिती रहेको बैठकले अलपत्र परेकाहरुलाई खानेबस्ने र अरु आवश्वयक व्यवस्था गर्ने तत्कालै गर्ने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...