कुटपिटबाट एक ज्यान गयो

पोखरा, १२ मंसिर/कास्कीको ल्वाङ्गघलेल गाविसमा युवाहरुको कुटाईबाट एकजनाको ज्यान गएको छ । सोमवार राती ल्वाङ्गघलेल गाविसको कोप्चेपाखाँमा दुई युवाको कुटपिटबाट गमबहादुर थापामगरको ज्यान गएको हो । ल्वाङ्गघलेका सुकबहादुर विक र जगदिश गुरुङ्गको कुटाईबाट जिप चालक गमबहादुर थापामगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

जिपका मालिक समेत रहेका २९ वर्षीय थापा रिभान गाविस वडानम्बर ६ का ब
ासिन्दा हुन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ । कुटपिटमा संलग्न दुवै जना फरार भएको भन्दै खोजी कार्यजारी रहेको कास्की प्रहरीले जानकारी दिएको छ । प्रहरीले ल्वाङ्गघलेका ११ जनालाई प्रक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याईएको छ ।

फरार रहेका विक र गुरुङ्ग ल्वाङ्गघलेल वडानम्बर ९ मा भएको भलिवल खेलमा भाग लिएर फर्केका थिए । उनीहरुसँगै रहेका अन्य ११ जना हिंडेर घरर्तफ लागेको भए पनि २ जना भने ल्वाङ्गघलेल वडानम्बर ४ लुम्रेबाट गमबहादुरको जिपमा चढेका थिए ।

राती करिब १०–११ बजेतिर गाउँबाट केहि पर सुनसान ठाउँमा चालकलाई कुटपिट गरेको प्रहरीले अनुसन्धानले देखाएको छ । गमबहादुरको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

कमेन्टहरु
Loading...