कालिका मन्दिर बनाउन नरेशको सहयोग

पोखरा, २६ पौष/स्याङजा जिल्लाको स्वरेक भैरवकालिका मन्दिरका लागि पोखराका पर्यटन ब्यवसायी एवं समाजसेवी नरेश भट्टराईले आकर्षक मुर्ति सहयोग गर्ने भएका छन् । यस अगाडि मन्दिरमा रहेको रहेको सिमेन्टको मुर्ति जिर्ण भएको अवगत भएपछि भट्ट्राईले मुर्ति सहयोग गर्न लाग्नेका हुन् । स्वरेक पर्यटकीय स्थल रहेको र मन्दिरको उचित व्यवस्थापनले धार्मिक पर्यटकहरुको आगमनमा बृद्धि हुने अपेक्षा सहित आफुले सहयोग गरेको भट्टराईले जानकारी दिए ।

भैरवकालीको दर्शन पछि मनोकान्छा पुरा हुने विश्वासले हरेक बर्ष धर्मवालम्वीहरु आउने क्रम बढेको स्थानिय समाजसेवी सुवेदार डिलबहादुर सेनले बताए । स्थानीय नब सृजना युवा क्लबका अध्यक्ष घनश्याम पाण्डेयले स्वरेकमा धार्मिक पर्यटकहरुको आगमनमा यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

स्वरेक कृषि पर्यटन र धार्मिक दृिष्टले महत्वपुर्ण रहेर पनि सरोकारवाला निकायले ध्यान नदिंदा राम्रोसँग विकास हुन सकेको छैन । स्वरेक कोटमा विजयदशमी र चैते दशैमा ठूलो मेला लाग्ने गर्छ भने अन्य दिन नियमित पुजाआजा हुने गर्छ । स्याङजाको पश्चिमक्षेत्रमा रहेको स्वरेककोट सिदार्थ राजमार्गको बयरघारी देखि ६ किलोमिटर र वालीङ बजार देखीे ८ किलोमिटरको यात्रा पछि पुग्न सकिन्छ ।

कमेन्टहरु
Loading...