कांग्रेस उम्मेदवार र वाम गठबन्धनका उम्मेदवारबिच काठमाडौमा जम्काभेट

काठमाडौं, मंसिर २१ – मतदानका क्रममा काठमाडौ क्षेत्र नम्बर ६ मा कांग्रेस उम्मेदवार रहेका भीमसेनदास प्रधान र वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुबेदीबिच जम्काभेट भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. २७ मा पर्ने ज्याठाको छुस्याबहाल मतदान केन्द्रमा बिहान उनीहरुको भेट भएको हो । दुवैजनाको जम्का भेटका क्रममा माओवादीका नेता हिमाल शर्मा पनि सँगै हुनुहुन्थ्यो ।

कमेन्टहरु
Loading...