कलाकार बिना थापाको दुर्घटनामा परी मृत्यु

पौष १२/कलाकारिता क्षेत्रमा क्रियाशील कलाकार विना थापाको आज सडक दुर्घटनामा परी ज्यान गएको छ । दिउँसो काठमाण्डौ वत्तीस पुतलीमा बा २ ख ८९४ नम्वरको पानी ट्याङ्करले ठक्कर दिँदा बा ५५ प १३८७ नम्वरको स्कुटरमा सवार २७ वर्षीया विनाको ज्यान गएको हो । गम्भीर घाईते भएकी उनको उपचारका क्रममा वीर अस्पतालमा पुर्याएलगत्तै मृत्यु भएको थियो ।

थापा स्टेज नृत्याङक र मोडलिङ्गका लागि चलेकी कलाकार थिइन् । उनी रामप्यारी नेपाली चलचित्रमा अभिनय पनि गरेकी थिइन् । उनले अभिनय गरेको अर्को एक चलचित्र पनि आउँदैछ । पिरतीको डोरी,शिव परियारको दिन वित्यो जस्ता दर्जनौ म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेकी विना स्टेज प्रोग्रामका लागि दुवई लगायतका विभिन्न देशमा समेत पुगेकी छिन् ।

कमेन्टहरु
Loading...