औद्योगिक क्षेत्र सुरक्षा चुनौती र समाधानका उपाय विषयक अन्तक्र्रिया

पोखरा, १ माघ/यूएसआईपीको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा भएको नेपालमा सुरक्षा र कानुनी शासनको सवलीकरण कार्यक्रम अन्तर्गत “औद्योगिक क्षेत्र सुरक्षा सवलीकरणका चुनौती र समाधानका उपाय” विषयक अन्तक्र्रिया कार्यक्रम लेखनाथमा सम्पन भएको छ । कार्यक्रमका लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुमन भट्टराईले उद्योग सञ्चालनका लागि प्रभावकारी कानुन कार्यन्वयन नहुनु र नयाँ औद्योगिक निति नबन्नाले समस्या देखिएको बताए । उनले समयानुकुल मजदुरको पारिश्रमिक पुनः मूल्याङ्कन हुनु पर्ने बताएका छन् । अध्यक्ष भट्टराईले लेखनाथ उद्योग वाणिज्य संघ मजदुर तथा श्रमिकको समस्या समाधानका लागि प्रतिवद्ध रहेको बताउँदै मजदुरलाई न्युनतम पारिश्रमिक (ज्याला) पनि दिन नसक्ने उद्योगी व्यवसायीले उद्योग सञ्जालन गर्न नहुने बताए ।

कार्यक्रमका वक्ताहरूले औद्योगिक सुरक्षाका लागि प्रभावकारी कानुन कार्यान्वयनमा जोड दिएका छन् । उद्योगले श्रम ऐनको कार्यन्वयन नगर्ने, मजदुरले पनि उद्योगको नितिनियम पालना नगर्नाले उद्योगधन्दामा समस्या बढ्दै गएको बताउका थिए । यसैगरी, कार्यक्रमका सहभागी श्रमिकहरूले आजको बढ्दो महंगीमा १५ वर्षभन्दा पहिलेको श्रम नितिले काम नगर्ने भन्दै श्रमिकको पारिश्रमिक कम रहेको औँल्याएका थिए ।

उनीहरूले रोजगारका लागि उद्योगधन्दाको स्थापना नहुँदा श्रम गर्नसक्ने युवा शक्ति विदेश पलायन भइरहेको बताए । आफ्नै देशमा रोजगारीको वातावरण तयार गर्न औद्योगिक क्षेत्रको विकास र उद्योगिहरूको लगानीको सुरक्षा र मजदुरको रोजिरोटीको सुरक्षा आवश्यक रहेको बताए ।

कमेन्टहरु
Loading...