ओलि समक्ष भन्डारीले बुझाए राजिनामा

काठमाडौं । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका छन्।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिवक्ता भण्डारीलाई गत भदौ २ गते महान्यायाधिवक्ता नियुक्त गरेका थिए।

प्रधानमन्त्रीलाई राजीनामा दिएको छु, भण्डारीले भने। भण्डारीले सहयोगका लागि सबैलाई धन्यवाद दिए।

कमेन्टहरु
Loading...