ओलि निवासमा महानायक हमाल पुगेपछि

पौष १/
महानायक राजेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा बहुमत ल्याएको र सफलता हासिल गरेकोमा बधाइ दिएका छन् ।

शनिबारको दिन ओली निवास बालकोटमै पुगेर हमालले राष्ट्रियताको अडानले आम नेपालीहरु उत्साहित भएको तथा ओलि र बामपंथी सरकारबाट धेरै अपेक्षा पनि राखेको बताएका छन ।

जवाफमा एमाले अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने र उनलाइ जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्ने पनि बताएका छन।

महानायक हमाल सङ्गको भेट पछि ओलिले नायक नायिकाहरु पर्दा बहिर पनि देश र समाजमा उत्तम परिवर्तन ल्याउन अगाडी बढ्नु पर्छ भनेर हमालको उदाहरण दिदै बताएका छन ।

कमेन्टहरु
Loading...