एसइई परिक्षाका लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु

भक्तपुर, १२ माघ, आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यकपर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री जिल्ला जिल्लामा पठाउन थालिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

परीक्षाको तयारी तीव्र पारिएको बताउँदै उहाँले प्रश्न पत्र छपाइको तयारी भइरहेको र केन्द्र निर्धारण गर्ने कार्य अन्तिमचरणमा पुगेको जानकारी दिनुभयो ।

केन्द्रले यसवर्ष करिब दुई हजार परीक्षा केन्द्र निर्धारण गर्ने तयारी गरेको बताउँदै परीक्षा नियन्त्रक रेग्मीले यसवर्ष परीक्षामा करिब ६ लाख विद्यार्थी सहभागी हुने अनुमानका साथ तयारी गरिएको छ भन्नुभयो ।

 

कमेन्टहरु
Loading...