एभरेस्ट प्रेमियर लिग : चितवन टाइगर्सलाई हराउदै काठमाडौ किङ्स इलाभेन विजयी

काठमाडौँ ६ पुस/ बिहीबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एभरेष्ट प्रिमियर लिग अन्तर्गत भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई ३ विकेटले हराउँदै काठमाडौं किङ्ग्स इलाभेन विजयी भएको छ।

टस हारेर ब्याटिङमा उत्रेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै काठमाडौँलाई १४३ रनको लक्ष दिएको  थियो ।

चितवनको चुनौतीलाई  काठमाडौँले ७ विकेट गुमाउँदै १९.२ ओभरमा भेट्टायो । काठमाडौँका लागि सबैभन्दा धेरै  फरविज महरुफले मह ३३ बलमा ३९ र अमित श्रेष्ठले २४ बलमा ३८ रन को योगदान दिए ।

कमेन्टहरु
Loading...