एपीएफलाई हराउँदै गण्डकी फाइनलमा

काठमाडौं । गण्डकी प्रदेश चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो  ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा निकै रोमान्चक बनेको खेलमा गण्डकीले एपीएफलाई २५-२३, २१-२५, २५-२३ र २९-२७ को सेटमा पराजित गर्यो ।
योसंगै गण्डकीले पहिलो पटक प्रधानसेनापति भलिबलको फाइनलमा स्थान बनाएको छ । अब गण्डकीले फाइनलमा साबिकको विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासंग खेल्नेछ  ।

नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।

कमेन्टहरु
Loading...