उपराष्ट्रपति पुत्र दिपेश पुन आइ.सि.यु मा , दुर्घटना हुँदा टाउकोमा लागेको थियो चोट

काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र दिपेश पुन सवार गाडी रोल्पाबाट काठमाडौ आउदै गर्दा रोल्पाको सातदोबाटोमा ब्रेक फेल भएर दुर्घटना भएको छ । गाडी पुनका साथी मानप्रसाद विकले चलाएका थिए ।

पुन भने गाडिको पछाडि को सिटमा सुतिरहेको अवस्थामा गाडी दुर्घटना हुदा घाइते भएको दिपेशका दाई जितेन पुनले बताए ।

गाडीमा रहेका उपराष्ट्रपतिका प्रेससल्लाहकार मनोज घर्ती मगर र चालक भने सकुसल रहेको दाई पुनले बताए ।

पछाडि अर्को गाडिमा पुनका दाई जितेन आइरहेका थिए । उनलेनै भाइलाई आफ्नो गाडीमा भालुवाङ पुगाएका थिए  । भालुवाङबाट हेलिकप्टरमा काठमाडौ उपचार गर्न ल्याएको छ । उनको उपचार काठमाडौको ग्राण्डीमा उपचार भइरहेको छ ।

दुर्घटनाबाट टाउकोको बाँया भागमा चोट लाग्दा रगत जमेको उपचारमा संलग्न डाक्टरले बताएको पारिवारिक स्रोतले बतायो ।

उनलाई दुई दिन आइसियुमा राख्नु पर्ने अस्पतालले बताएको छ …

कमेन्टहरु
Loading...