इलाममा भयो लुट फिल्म स्टाइलमा चोरी ! प्रहरी आफैं चकित

३ पुस/  सदरमुकाम तिल्केनीस्थित सडकमा मंसिर २५ गते राति १० बजेतिर हतियारसहितका युवाले गाडी लुटपाट गरेको सूचना जिल्ला प्रहरी कार्यालयमा पुग्यो। सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले घटनास्थलबाट राति सवा १२ बजेतिर ५ जना युवालाई पक्राउ गर्‍यो।

गाडी लुटिएको पर्सिपल्ट लुटपाट भएको स्थान छेऊमा प्रहरीले तीन तथा पेस्तोलसहित त्यसमा प्रयोग हुने ८ राउन्ड गोली फेला पार्‍यो । पाँचथरका तीन व्यवसायीहरु पनि आफू लुटिएको भन्दै उजुरी गर्न जिल्ला प्रहरी कार्यालय पुगे।

उजुरीकर्ता व्यवसायीमाथि केरकार गर्दा प्रहरीले ठगी घटनामा आधारातमा पक्राउ परेकै युवाको योजना रहेको भेट्टाएको छ । तर, गाडीमा लुटपाटको घटना गराउने ४ युवा भने अझै फरार छन् । अनुसन्धान गर्दै जाँदा प्रहरीले २ करोड ७५ लाख रुपैयाँ ठगी गरिएको र त्यही रकम ‘पचाउन’ लुटको योजना बुनिएको पाएको छ।

कमेन्टहरु
Loading...