आहा रारा गोल्डकपमा आरसिटि र साउथन समिति भारत भिड्दै

पोखरा, ११ माघ/आहा रारा गोल्डकप अन्तरगत आज तेस्रो दिन रानिपोखरी कर्नर टिम आरसिटि र भारतको साउथन समिति बिच हुदै छ । पोखरा रंगशालामा दिऊसो दुई बजे पछि हुने खेलमा यि दुई टोली पहिलो पटक भिड्न थालेका छन् । दुबै टिमको आहा रारा गोल्डकपमा पहिलो पटक सहभागी जनाउन लागेका हुन् ।

आरसिटि काठमाडौमा जारी सहित स्मारक लिगको चौथो स्थानमा रहेको छ । आजको विजेताले माघ १५ गतेको थ्रि स्टार सगँ खेल्ने छ । सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोतिमा हिजो खेलामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबलाई ३–० को नतिजा निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । २० गते सम्म सन्चालन हुने प्रतियोगितामा २ विदेशी सहित १२ टोलीको सहभागीता रहेको छ ।

कमेन्टहरु
Loading...