आमालाइ छोडेर अभिषेक बच्चन ऐश्वर्याको पछी लागेपछि

बलिउड अभिनेता तथा सुपरस्टार अमिताभ बच्चनको पारिवारिक झमेलाले यतिबेला भारतीय सञ्चार माध्यमहरु तातिरहेका छन् । अभिषेक र ऐश्वर्या नयाँ घरमा सर्ने कुरालाई लिएर शुरु भएको विवादले आमा जया र छोरा अभिषेकको बीचमा समेत दरार पैदा गरेको छ ।

भर्खरै इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याह र उनकी श्रीमती सारा भारत भ्रमणमा आएका थिए । त्यहि दौरान नेतन्याहले आइबार मुम्बईको ताज प्यालेस होटलमा शलोम बलिउड नामक कार्यक्रम आयोजना गरेका थिए । जहाँ बच्चन परिवारको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा ऐश्वर्या र अभिषेक एक अर्काको हातमा हात राखेर पुगेका थिए । जबकि आमा जयाका प्रिय छोरा अभिषेक यो भन्दा पहिलेका कार्यक्रमहरुमा आमासँगै देखिन्थे । तर उनको आमा भने अलग गाडीमा कार्यक्रममा उपस्थित भएकी थिइन् ।

फरक फरक समयमा आएका उनीहरुको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्बिरमा अभिषेक र ऐश्वर्या एक अर्कासँग निकै खुशी देखिएका थिए भने त्यहि जयाको भने उदास र मलिन अनुहार देखिन्छ । त्यतिमात्र होइन जयालाई गाडीसम्म छोड्न समेत अरुनै मानिस उनलाई मद्दत गरिरहेका थिए ।

कमेन्टहरु
Loading...