आज नेपाल ओमानसँग भिड्दै

             काठमाडौं, माघ २६ । विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानको सामना गर्दैछ । पहिलो खेलमा नामिबियामाथि एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल आज उच्च फर्ममा उत्रिनेछ ।

             ओमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।प्रतियोगिताको अंक तालिकाको पुछारमा रहेको ओमान पनि आज जितकै खोजिमा हुनेछ । नेपाल भने रनरेटका आधारमा तेस्रो स्थानमा छ ।

             शुक्रबारै नामिवियाले केन्या तथा क्यानडाले युएईसँग खेल्दै छन् । नेपालले जित हात पारे शीर्ष दुईमा स्थान बनाउने छ ।

कमेन्टहरु
Loading...