अन्तर्राष्ट्रिय आमन्त्रित महिला भलिवल प्रतियोगितबाट फिस्टेल, पाहुना टोली भारतको वर्षात एकेडेमि र वरिसा बाहिरियो, शुक्रबार सेमिफाईनलका खेल हुने

पोखरा २६, पुस /पोखरामा जारी नोङसिम शिन राम्योन अन्तराष्ट्रिय आमन्त्रित महिला भलिवल प्रतियोगिताको सेमिफाइनालमा डिफेण्डीङ च्याम्पीयन पोखराको ज्ञानुबाबा आवासिय उच्च मावि, न्यु डाईमण्ड एकेडेमी काठमाण्डौ, ढोरपाटन कप विजेता सशस्त्र प्रहरी वल (एपिएफ) र नेपाल पुलिस क्लव पुगेका छन् ।

पाहुना टोली भारत कोलकत्ताको बर्षात एकेडेमि र वरिसा सवुज संघ तथा पोखराको फिस्टेल उच्च मावि बिहिबारको खेलमा पराजीतसंगै प्रतियोगिताबाट बाहिरिएका छन् ।

विहिबार भएको नकआउट चरणको पहिलो खेलमा पुलिसले फिस्टेललाई २५–१४, २५–१९, २३–२५ र २५–१५ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पुलिसकी निता कुमारी शाह वुम्यान अफ दि म्याच घोषित भईन् । फिस्टेलका प्रशिक्षक बलराम केसीले आफ्नो अनुभवी दुई जना खेलाडी विना मैदानमा उत्रिनु पर्दा हार व्यहोर्नु परेको भन्दै खेलाडीमा राम्रो तालमेल मिल्न नसकेको बताए । फिस्टेलकी सिपोरा गुरुङको ठाँउमा यामकुमारी सेरचन र सन्जु पुर्जाको ठाँउमा रोसनी राईले खेलेकी थिईन । फिस्टेलले बाहिरि ५ जना खेलाडीहरु ल्याएको थियो ।

निकै प्रतिष्पर्धामा भएको नकाउट चरणको दोश्रो खेलमा एपिएफले भारतको बर्षात एकेडेमिलाई २५–१९, २७–२५, २३–२५, २५–२२ को सेटमा पराजीत गर्दै पुलिससंग सेमिफाईनलमा यात्रा तय गरेको हो । खेलमा बर्षतकी वसन्ती उराव वुमेन अफ दी म्याच घोषित भईन ।

बिहिबारको अन्तिम खेलमा न्यु डायमण्ड काठमाण्डांैले निकै संघर्षपुर्ण जित निकाल्दै अन्तीम चारमा स्थान सुरक्षित गर्यो । पल्सर बर्ष खेलाडी रमिला तण्डुकारको कप्तानीमा मैदानमा उत्रिएको न्यु डाईमण्डले भारत कोलकत्ताको बरिसा सवुज संघलाई २२–२५, २५–२०, २५–१५, २३–२५ र १५–७ को सेटमा पन्छाउदै ज्ञानुबाबासंग सेमिफाईनलमा यात्रा बनाएको हो । खेलमा न्यु डाईमण्डकी प्रतिभा माली वुमेन अफ दी म्याच घोषित भईन ।

कमेन्टहरु
Loading...