अन्तराष्ट्रिय महिला भलिवल सुरु,डिफेण्डीङ च्याम्पीयन ज्ञानुबाबाको विजयी सुरुवात

पोखरा २३, पुस/डिफेण्डीङ च्याम्पीयन पोखराको ज्ञानुबाबाको विजयी शुरवातसँगै पोखरा रंगशालामा सोमबारदेखि नोङसिम शिन राम्योन अन्तराष्ट्रिय आमन्त्रित महिला भलिवल प्रतियोगिता शुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको उदघाटन खेलमा ज्ञानुबाबाले चिरपरिचित प्रतिस्पर्धी पोखराको फिस्टेल उच्च माविलाई २५—१५, २५—१२, १६—२५ र २५—१० को सेटमा पराजित गर्दै तीन अंक जोडेको छ ।
ज्ञानुबाबाकी अन्तराष्ट्रिय खेलाडी मन्जु गुरुङ वुम्यान अफ दी म्याच घोषित भईन । अन्तराष्ट्रिय खेलाडी सिपोरा गुरुङ विना मैदानमा उत्रिएको फिस्टेलको कप्तानी शारीरिक रुपमा उच्च कद भएकी सरस्वती चौधरीले सम्हालेकी थिईन । ज्ञानुबाबाले टप्स उच्च माविबाट ३ खेलाडी लोनमा भित्रयाएको छ । टप्सका ऋषिसरा थापा, मनिसा चाधरी र विमला चौधरी ज्ञानुबाबाको जर्सीमा कोर्टमा उत्रिएका थिए ।
ढोरपाटन कप विजेता विभागिया टोली नेपाल पुलिसले काठमाण्डौंको न्यु डाईमण्ड एकेडेमिलाई ३—१ को सेटमा पराजीत गरेको छ । पुलिसले पल्सर बर्ष खेलाडी रमिला दण्डुकारको कप्तानीमा उत्रिएको न्यु डाईमण्डलाई २५—१६, २५—११, ८—२५ र २५—१९ को सेटमा पराजीत गरेको हो । खेलमा वुम्यान अफ दी म्याच पुलिसकी कोपिला उप्रेती घोषित भईन । पुस २८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन नेपाल भलिवलका केन्द्रीय अध्यक्ष दानबहादुर तामाङले गरेका थिए । उनले पश्चिमाञ्चलको डेड बर्षदेखि महिला भलिवल खस्कदै गएकोमा चिन्त्ता व्यक्त गर्दै खेलाडीहरु अनुशासन पुर्वक हरेक खेलमा सहभागि हुनु पर्नेमा जोड दिए । ६ बर्षमा साउथ एपसयाबाट पुरुष भलिवको पदक तथा ४ बर्षमा महिला भलिवलबाट पदक ल्याउने लक्ष्य संघले राखेको बताउदै अध्यक्ष तामाङले खेलाडीले अनुसासनमा खेल्न नसके बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई समेत निष्कासन गर्ने चेतावनी दिए ।
प्रतियोगितामा भारतको बर्षात एकेडेमि कोलकत्ता, वरीसा सवुज संघ कोलकत्ता, विभागिय नेपाल पुलिस, सशस्त्र प्रहरी वल (एपिएफ), डिफेण्डीङ च्याम्पीयन ज्ञानुबाबा आवासिय उच्च मावि पोखरा, फिस्टेल उच्च मावि पोखरा र न्यु डाईमण्ड एकेडेमि काठमाण्डौं सहभागि रहेकोे प्रतियोगिता संयोजक छ्यामबहादुर थापाले बताए । प्रतियोगिताको विजेता टीमलाई एक लाख एक हजार एक सय ११, उपविजेतालाई ५० हजार पाँच सय ५५, तेश्रो हुनेलाई २० हजार दुई सय २२, चौथो हुनेलाई १० हजार एक सय ११ साथमा ट्रफि पदक तथा प्रमाण–पत्र प्रदान गरिने छ । लिग कम नकाउटका आधारमा खेलाईने उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, वेष्ट स्पाईक, वेष्ट सेटर, वेष्ट व्लकर, वेष्ट डिफेन्स र वेष्ट क्वीकरलाई आक्रषर्क पुरस्कार प्रदान गरिने छ ।
मंगलबार ज्ञानुबाबा विरुद्ध भारतको वरीसा सवुज संघ कोलकत्ता र अर्को खेलमा न्यु डाईमण्डले भारतको बर्षात एकेडेमि कोलकत्तासंग सामना गर्ने छन् ।

कमेन्टहरु
Loading...