अध्यक्षमा ज्वाइ–जेठान कै प्रतिस्पर्धा

‘पूर्व अध्यक्षहरुको कमजोर प्रयास र दावेदारहरुको आ–आफ्नै अडान’का कारण पोखरा उद्योग बाणिज्य संघको अध्यक्ष पदका लागि पनि निर्बाचन हुने लगभग पक्का भएको छ । अध्यक्षका दावेदार द्वय विन्दु थापा र संजिबहादुर कोइरालालाई मिलाउन भन्दै संघका पूर्व अध्यक्षहरुको शुक्रबारको अन्तिम प्रयास असफल भए पछि निर्बाचन हुने पक्का भएको हो ।

पोखरा उद्योग बाणिज्य संघमा शुक्रबार विहान ८ बजेबाट १२ बजेसम्म छलफल हुँदा पनि सहमति हुन सकेन । दावेवारद्वय कोइराला र थापा सहित ८ जना पूर्व अध्यक्षहरु छलफलमा बसेका थिए । छलफलमा अहिलेका कार्य समितिका अध्यक्ष पनि सहभागी थिए ।
संघलाई लामो समय योगदान दिएका व्यक्तीबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुँदा अनुभवी मान्छे पाखा लाग्ने सस्कार विकास भएको भन्दै पूर्व अध्यक्षहरुले मिलाउने प्रयास गरेका थिए । तर उनीहरुले गम्भीर प्रयत्न भने गरेनन् । “पूर्व अध्यक्षहरुले दुवैलाई राखेर आ–आफै मिल्न मात्र आग्रह गरे, फोर्स फुल्ली मिलाउन खोजिएन ।” बैठकमा सहभागी एक पूर्व अध्यक्षले भने–“हामीले एक मतले तपाई अध्यक्ष बन्नुस, तपाई प्रथम उपाध्यक्ष बन्नुस भन्नु पर्ने थियो, यसो भन्न सकेको भए दुवैले मान्ने थिए ।’

पूर्व अध्यक्षबीच नै एक मत नभएका कारण कुरा मिल्न सकेको हो । पूर्व अध्यक्षहरु मध्ये केहीले कोइरालालाई र केहीले थापालाई साथ दिएका छन् । “पूर्व अध्यक्षहरुले आदर्शका कुरा गरे, संघलाई नेतृत्वको संकटमा नपार्न भने तर उपाय सुझाएनन् ।’

कमेन्टहरु
Loading...