यसरी भएको थियो नेपालकै सबैभन्दा चर्चित सांगीतिक समूह नेपथ्यको स्थापना

लोकलयमा आधारित रक गीत गाएर हरेक उमेरका स्रोताको मन जित्न सफल सांगीतिक समुह हो– नेपथ्य । यसै वर्ष स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको यो सांगीतिक समुह स्वदेशमा जति लोकप्रिय छ, त्यो भन्दा बढि लोकप्रिय विदेशमा बसोबास गर्ने नेपालीहरू माझ छ ।

सन् १९९० मा दीपक राना (हाल चपर पाइलट) भीम पुन (हाल हङकङमा स्थापित) र अमृत गुरुङ मिलेर सुरुवात गरेको नेपथ्य ब्याण्डले नेपालका धेरै संगीतकारलाई मञ्च प्रदान गरेको छ । अहिलेसम्म नेपथ्यमा १९ जना सदस्यहरू यसको अंग भैसकेका छन् ।

ललितपुरको पुल्चोकस्थित दिदीको घरमा बस्थे। उनीहरूसंग गिटार थियो, बजाइरहन्थे । प्रिजम, काठमाडौं ज्याज, इलेगेसनजस्ता ब्याण्डहरू त्यतिबेला सक्रिय थिए । आफ्नो पनि त्यस्तै ब्याण्ड भए कस्तो रमाइलो हुन्थ्यो भन्ने चर्चा उनीहरूबीच चलिरहन्थ्यो । कुराकानीकै क्रममा उनीहरूले ब्याण्ड स्थापना गर्ने निर्णय गरे । अमृत गुरुङले गायकको जिम्मेवारी सम्हाल्नु पर्ने निर्णय भयो । ब्याण्ड स्थापनासंगै उनीहरूले लोक आधुनिक गीतहरू गाउने निर्णय गरे । समुहका एक सदस्य दीपकजंग रानाले ब्याण्डको नाम नेपथ्य राख्न सुझाए । लामै छलफल र वहसपछि नेपथ्य शीर्षकमा सबैले सहमति जनाए । ब्याण्डको पहिलो एल्बम सन् १९९२ को अप्रिल १ का दिन सार्वजनिक भयो । काठमाडौंको गणेशथानमा उक्त एल्बम विमोचन गरिएको थियो ।

कमेन्टहरु
Loading...