मतपत्र लिएपछि ढलेका ८२ वर्षका कृष्ण कर्माचार्य उठ्नुभएन

काभ्रे, मंसिर २१ – काभ्रे बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको मतदानस्थलमै निधन भएको छ ।

बिहान मतदान केन्द्र पुग्नुभएका उहाँ बेहोस भएर ढल्नुभएको थियो । बनेपा ४ नालाका कर्माचार्यलाई छोरा रामगोपाल कर्माचार्यले मतदान केन्द्र लैजानुभएको थियो ।

सुरक्षा चेकजाँच सकेर भित्र पस्नुभएका कर्माचार्यले हरियो मत्र समेत लिनुभएको थियो । तर उहाँ छाप लगाउनु नपाउँदै ढल्नुभएको छोरा रामगोपालले बताउनुभयो । उहाँले स्थानीय तहको चुनावमा भोट खसाल्नुभएको थियो ।

कमेन्टहरु
Loading...