धुर्मुसले भने: हामीलाई राजनीतिक विबादमा फसाइएको छ

मङसिर २१/अहिले सर्बत्र राजनीतिको मात चढेको छ । यस्तोमा मौकामा चौका हान्नेहरु तिब्र रुपमा सलबलाउन थालेका छन् । यस्तै धूर्तहरुको चपेटामा परे, धुर्मुस-सुन्तली ।

‘हामीलाई जोडेर सर्वसाधरणमा अन्यौल र हामीलाई बिवादित बनाउने प्रयास भएको छ’ धुर्मुसले अनलाइनखबरसँग भने, ‘यसरी झुटको खेती गर्नेहरुको हावा कुरा नसुन्न सवैमा आग्रह गर्छु ।’ भएको के रहेछ त ? हामीले बुझ्न खोज्यौं ।

एकथरी मिडियाले लेखेछन्, ‘धुर्मुस-सुन्तलीले बाम गठबन्धनका लागि भोट मागे ।’ अर्काथरीले थपेछन्, ‘धुर्मुस-सुन्तली कांग्रेसको पक्षमा उभिए ।’ यसरी आपसमा बाझिने झुटो खबर फैलाएर धुर्मुस-सुन्तली नाममा नानाभाँती गरिएको रहेछ । आफ्नो अनलाइनको ‘भ्यूज’ बढाउने वा अन्य स्वार्थले यस्तो कपोलकल्पित खबर फैलाउनेहरुप्रति धुर्मुसले रोष प्रकट गरेका हुन् ।

हास्य कलाकारिताको आलोकमा उभिएर समाजसेवामा खटिएका छन् धुर्मुस सुन्तली । अहिले उनीहरु रौतहटको सन्तपुरमा बाढी पीडितका लागि एकिकृत नमुना बस्ती बनाउन खटिएका छन् ।

कलाकारिताबाट प्राप्त नेम र फेमलाई समाजसेवामा जोडेपछि उनीहरुले देशबिदेशमा लाखौं शुभचिन्तक कमाएका छन् । यस्तो पृष्टभूमीमा धुर्मुस-सुन्तलीको नामलाई ‘दुरुपयोग’ गर्नेहरु पनि सक्रिय छन् ।

कमेन्टहरु
Loading...