त्रिशुली दुर्घटनामा घाइते दुईको मृत्यु

नुवाकोट, २८ फागुन , त्रिशूलीबाट देवीघाटतर्फ गइरहेको मिनीबस दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये दुई जनाको आइतबार राति मृत्यु भएको छ ।

विदुर नगरपालिका–५ पिपलटारका २७ वर्षीय ईश्वर नेपालीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा र सोही स्थानका २५ वर्षीया बिमला डंगोलको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बा.१ ख ६५१९ नं को बस गुडिरहेको समयमा आइतबार अपराह्न पांग्रा खुस्किएर विदुर नगरपालिका–५ पिपलटारमा दुर्घटना भएको थियो ।

कमेन्टहरु
Loading...