चितवनमा दुइटा रेल गुडने

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट दुई वटा रेल गुड्ने बताएका छन् । विजयी र्‍यालीमा सहभागी हुँदै भरतपुर ९ वडा कार्यालयमा पुगेका प्रचण्डले चितवनवासीको रेलको सपना पूरा हुने बताए । उनले भने, ‘लुम्बिनीबाट आउने एउटा रेल पूर्वतर्फ लाग्छ र अर्को रेल चितवनबाट काठमाडौँ जान्छ ।अव चितवनबाट दुई वटा रेल गुड्छन् ।’

अध्यक्ष प्रचण्डले चुनावको बेला आफूले गरेको प्रतिबद्धताहरु पूरा गर्ने बताए । उनले भने, ‘मैले गरेको प्रतिबद्धताहरु अन्तिमसम्म पूरा गर्न युद्धस्तरमा होमिनेछु, तपाइँहरुले देखाउनुभएको विश्वासमाथि कुनै हालतमा कुठाराघात गर्ने छैन ।’

कमेन्टहरु
Loading...