कास्की उपनिर्वाचनः बामदेव गौतम र रवीन्द्र मिश्र निर्वाचन लड्ने

पोखरा, २४ भदौ / कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दलहरु अगाडी बढेका छन् । मंसिर १४ को प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु लागि रहेका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि कास्की क्षेत्रनम्बर २ रिक्त छ । कास्की २ बाट चुनाव लड्न ‘हेभिवेयट’ उम्मेदवारको चर्चा छ । नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ । नेकपा कास्कीका एक प्रभावशाली नेताले गौतमलाई उम्मेदवार बनाउने लगभग टुंगो लागेको बताए ।

त्यसैगरी कांग्रेसबाट नेता धनराज गुरुङ उम्मेदवार बन्ने चर्चा छ । गुरुङले सामाजिक सञ्जालमै समेत अवसर पाए कास्की २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । त्यसै गरी साझा पाटीबाट रवीन्द्र मिश्रको चर्चा छ । आजको कान्तिपुर दैनिकमा दीपक परियार र प्रकाश बरालले समाचार लेखेका छन् ।

कमेन्टहरु
Loading...