प्रकट पगेनी शिवको कविता संग्रह अक्षरभरि अक्षता सार्वजनिक

पोखरा, ११ साउन / गीतकार प्रकट पगेनी शिवको कविता संग्रह अक्षरभरि अक्षता ल्याएका छन् । संग्रहको शनिबार कवि तीर्थ श्रेष्ठले पोखरामा विमोचन गरे ।

श्रेष्ठले प्रकटलाई परिवार र स्थानीय ससाना कुरा उतारेर लेख्न कविका रुपमा चित्रण गरे । श्रेष्ठले कवितामा लय हुनुपर्ने बताए ।

‘एउटा नदि बग्दा त लयमा बग्छ,’ उनले भने ‘कवितामा लयमा हुन पर्दछ, अनि जिवन्त हुन्छ ।’ कृतिको मेघराज आचार्यले प्रकाशन गरेका हुन् ।

कविता संग्रहमा २९ कविता समेटिएका छन् । यसअघि उनका प्रणयवेदका ऋचाहरु गजल संग्रह, जूनको चिठी जूनालाई र यो मन कतै अल्झेको छ गीती संग्रह प्रकाशित छन् ।

कमेन्टहरु
Loading...