प्रेममा भ्रमको खेती (भाग २)

प्रकाश शर्मा

प्रकाश शर्मा

मः आडैमा रहेको कुर्चि तानेर बसे । के भन्नु अनि कसलाई ? मेरो गलफ्रेन्ड नभएर बिल्ला गरेकी मैले उल्टै प्रश्न

गरे  उ फेरि हासीँ उसैगरी….. ।

आडमा ओइटर मेनु लिएर उभिएको थियो । मैले अस्मितालाई के लिन्छ्यौ भनेर सोधे । उसले तिमि जे खान्छौ

त्यही भन । मैले दुई वटा कफि मगाए । उ पहिले भन्दा राम्री मात्र देखिएकी थिइन् परिपक्क भएकी थिइन् । चिसो

बतास चलिरहेको थियो । कफि आयो । कफि लिदै प्रश्न गरे ।

मः तिम्रो बिवाह कसरी भयो ? यति समय कहाँ हराएउ ? तिम्रो त लब थियो होइन र ? ऊ कहाँ छ ? कलेज पनि

बिचमै छोडीछ्यौ ? बिरामी भएको कुरा गर्दै थियौ म जान्न चाहन्छु यी कुरा । म प्रश्न गर्दै थिए । उनी रुन पो थालीन्

घुक्क घुक्क गर्दै……। केहि समय पश्चात बोलिन्……….

अस्मिताः हो, यहि कुरा भन्न बोलाएकी हुँ । ल सुन मेरो कथा अनि तिम्रो साथिको मायाको बर्णन । जब तिम्रो कलेज

सकीयो, त्यसपछि म र बिवेक निकै नजिक भएका थियौ । हामी प्राय दिनहँु जसो भेट्ने गथ्र्याै । कहिले फिल्म

हेर्न जान्थ्यौ त कहिले रमाइलो ठाउँ घुम्न । यो बिचमा उसले मलाइ कहिल्यै नरामो ब्यबहार गरेन, मलाई लाग्न

थालेको थियो, उसले आफुलाई भन्दा बढी मलाइ माया गर्छ । उसले मेरो मन सँग माया गरेको छ । उ धेरै राम्रा

कुरा गथ्र्यो । उसले गर्ने कुरा अनि अरुले उसको बारेमा गरेका कुराले म झन् उ प्रति आकर्षित हुदै गए । माग्यो

भने ज्यानै दिन्छु भन्ने बाचा गरेकी थिएँ मन मनै….. । समय बित्दै थियो । दुई बर्ष भएको थियो हाम्रो यो सम्बन्ध

भएको । माघ ५ गते उसको जन्मदिन थियो, राति नै उसलाई शुभकामना दिए । बिहान उसलाई फोन गरे, हामी

कतिबेला भेट्ने भनेर साधे । उसले ४ बजेतिर भन्यो र फोन राख्यो । केहि समय पछि उसले फोन गर्यो र भन्यो…

छिट्टै निस्क ल बेलुका आज म तिमिलाई मेरो एउटा स्पेशल ठाउँमा लिएर जादै छु । मैले हस् भने फोन कट गरे ।

भरे के लगाएर जाउँ भनेर सोच्न थाले र सम्झीए पनि । मैले लगाउने एउटा कुर्था थियो । त्यो लगाएर उसलाई एक

पटक भेट्न गएकी थिए, त्यो देख्दा उसले भनेको थियो, तिमी आज एकदमै राम्री देखिएकी छ्यौ, यो कुर्था स्पेशल

डे मा लगाउनु । त्यहि कुर्था लगाए, घरमा दिदिलाई साथीको बर्थ डे छ । बेलुका अलि ढिला भयो भने खाना खानु

ल भनेर निस्के ।

बिचमा रोके र भने कफि पनि खाने की ? कफि चिसोे भयो लियु । कफिको ग्लास समाउदै उसले भनि तिम्रो अन्त

काम त थिएन नि ? नाई केहि छैन, तिम्रा लागि छुटएको आजको दिन….। कफिको ग्लास टेबलमा राख्दै उनले

कथा सुरु गरिन् ।

अस्मिताः पोखराको प्रस्याङचोकमा गए र एउटा गिफ्ट पसलबाट एउटा लब स्पेशल

गिफ्ट किने । उसलाई फोन गरेर आफु त्यहाँ भएको जानकारी दिए, उ करिब ५

मिनेटमा स्कुटर लिएर मलाई लिन आयो । स्कुटरमा बसेपछि सोधे कहाँ जादैँ छौँ हामी , उस्ले जवाफ दियो ।

सप्राइज छ आज तिमिलाई । तिम्रो जन्मदिन मलाइ किन सप्राइज । मैले प्रश्न गरे । त्यसो नजाउ है भन्न थाल्यो ।

सरी भने र चुपचाप बसिरहे । केही समय पछि हामी सराङकोट पुग्यौ । त्यहाँबाट अलि पर एउटा बन्दै एउटा ठूलो

घर थियो घरको आडैमा एउटा पूरानो घर । त्यहि घरको बाहिर केहि मान्छेहरु थिए, हामीलाई नै कुरेर बसेका ।

मैले बल्ल कुरा बुझे, त्यो उसको साथीको घर रहेछन् । त्यहाँ भएका मानिस उसका साथीहरु रहेछन् । त्यो घरमा

बिवेकको एक जना साथी बस्दोरहेछ अनि उनिहरु प्राय बर्थ डे यहि आएर मनाउदा रहेछन् । हामी त्यहा पुग्दा

सबैकुराको तयारी थियो ।

एउटा टेबलमा केक अनि अरु खानेकुरा राखीएको थियो । त्यहाँ मात्र हाम्रो पर्खाइ थियो । पुगेर पानि खाए मनमा

खुशी लाग्यो उसले हाम्रो सम्बन्धको बारेमा साथीहरुलाई समेत भनेको रहेछ । त्यहाँ अरु साथीहरुका पनि जोडि

थिए । मलाई त्यो भएर पनि सजिलो भयो । केक काटेर उसले पहिला मलाई खुवायो, अनि अरु साथीहरुलाई ।

खाना खाएपछि अरु सबैजना त्यहाँ निस्कीए । मैले उसलाई गिफ्ट दिदै गालामा किस गरे ।

उसको त्यो घरमा बस्ने साथी कता गएको थियो थाहा भयन ।उसले भित्र जाउँ भन्यो गए । घरको बिच भागमा

एउटा खाट थियो,त्यहि बसे उसलाई पनि बस्न भने कुरा गर्दै गयौ । उसले मलाइ च्याप्प अङ्कमाल गर्यो र केहि

समय पश्चात उसका हातहरु मेरो सरिरमा सलबलाउन थाले । मैले उसलाई मेरो सरिर नै छाडिदिए । मलाई

लाग्थ्यो माया गर्नेले धोका दिदैनन् । आज नभए भोलि म अब उसैकी हुँ भन्ने लाग्थ्यो । मलाई त्यो बेला कुनै शंका

लागेन, उसैमा डुब्दै गए । उसलाइ आज सम्म मन मात्र सुम्पिएकी थिए, आजबाट तन उसैलाई दिए । मेरा सबै

बस्त्रहरु उतारिदै थिए, न कुनै रोकावट थियो न कुनै नाई नास्ती । हामी बिचमा जे नहुनु पथ्र्यो त्यो भइसकेको थियो ।

उ उठेर आफ्नो कपडा मिलाउन मात्र के लागेको थियो ढोका ढकढक गरेको आवाज आयो । मेरो शरीर एकदमै

दुखेको थियो । जुरुक्क उठ्न सकिन बिस्तारामै सिरक ओडेर बसे । उसले ढोका खोल्यो, उसैको त्यहि घरमा बस्ने

साथि रहेछ । उ सरासर म नजिकै आयो, उसले बिवेकसँग केहि कानाखुसी गर्यो । बिवेक बाहिर निस्कीयो मलाई

केहि न भनि म के गरु के भयो । बिवेकको साथि मेरो खाटमा आएर बस्यो, जहाँ म निबस्त्र थिए मात्र एउटा

सिरकले मेरो सरिर ढाकिएको थियो । मैले उसलाई सोधे बिवेक खै भनेर , उसले बाथरुम गएको छ भन्ने जवाफ

दियो । मलाई केहि बेर हेर्यो र आफ्नो हात म तिर बढाउन थाल्यो । मलाई निकै डर लाग्यो । मैले नाइ म

बिवेकलाई भन्दिन्छु भने तर बिवेकले नै हुन्छ भनेर पठाएको जवाफ दियो । म त छागाँबाट खसेजस्तै भए,

आफुलाई मायाको नाटक गरेर इज्जत लुटेको बल्ल महशुस गरे । म त बेहोश जस्तै भएछु, तेतिकैमा मैले आडेको

सिरक तानियो । म फेरि होशमा आएजस्ती भए । भित्रबाट आगो बलेर आयो रिसको यता उता केहि नसोचि त्यो

व्यक्तिलाई लातिले हाने । आफुमाथि बल गरे चिच्चाउने भन्दै आफ्नो कपडा टिपेर लगाए अनि बाहिर निस्के । म

बाहिर आउदाँ बिवेक घरबाट अलि परको डिलमा बसीरहेको थियो । म उसको नजिक पुगे, र उसको घाटिमा

समाउदैँ भने, तैले त मलाई मायाको नाटक गरेर लुटिस् मलाई आज यो कुरामा त्यति दुख्ख लाग्या छैन तर तैले

तेरो साथीलाई समेत मलाई लुट्न पठाइस् यो कुरा मृत्यु दिए भन्दा पनि ठूलो छ । उ केहि बोलेन न उसलाई कुनै

गल्ति गरेको आवाश नै भएको थियो ।

म त्यहि बसेर रुन थाले, हिजो आखाँमा केहि परेर आशु झर्दा आशु पुछ्ने उसैले आज जिबन मै न्बिर्सने गरि रुवायो

थियो । अरु केहि भनिन बेलुकाको ७ बजेको थियो त्यहाँ बस पाउन कठिन थियो । केहि नबोलि उसलाइ मलाइ

घर छोड्न भने केहि नबोलि उसले मलाइ घर नजिकै छोडिदियो । म सरासर घरमा गए । खाना खाएको भन्दै

बेडमा गए, म थाम्नै सकिन रुनु रोए । कलेज जादाँ सबैले उसैको बारेमा सोध्थे,जसको म नाम समेत सुन्न चाहन्नथे ।

तिम्रो साथिले मायाको मिठो परिभाषा दिएर गयो । उसका आखाँ भरी आशु भएको थियो । आशु पुछि र फेरी

कफि खाउ भनि मैले पनि हुन्छ भन्दै टाउको हल्लाए । मेरा आखाँ समेत रसाए । लाज पनि लाग्न थाल्यो आफुसगँ

सँगै पढ्ने त्यसमाथि सबैले राम्रो मान्छे भन्ने ले यस्तो काम गर्यो भन्दा निकै रिश उठेर आयो । कफि आयो मैले

कफि खान थाले । उ तालको किनारमा हिड्दै गरेका मान्छे हेरीरहेकी थिइ । केहि समय पछि म तर्फ फर्कदै

उसले भनी यहाँ मायाको आडमा म जस्तो लुटिने कति छन् होला तर आफ्नो परिवारको इज्जत जाने डरले कसैको

पनि कुरा बाहिर आउदैन, यदि यस्ता केश सबै बाहिर आउन हो भने मायाको नाटक गरेर अरुको इज्जत लुट्न

पल्केकाहरु तर्सने थिए ……. ।

बाकी भाग ३ अर्को हप्ता क्रमशः……………………
कमेन्टहरु
Loading...