खै कस्तो सत्ता हो ?

लक्ष्मी भट्टराई

देश अनि सत्ता या फेरी सत्ता अनि देश ?
शाशन या मात्रै हुदैँ छ काम सिद्याउने रासन
अरवौँको बजेट भख्खर आयो नि है ?
तर कुन बाटो आएर कुन बाटो जान्छ पत्तै हुदैँन ।

के बालुवामा पानी हाले जस्तै त हुदैँन नि ?
ए अँ झन् बढेर पो आको छ रे नि बजेट
अब निर्माणका कार्य पनि बढ्छन् र ?
कि खोला एकातिर अनि पुल अर्काे तिर जस्तै हुन्छ ?

राजतन्त्र हटाएर गणतन्त्र आउँन सफल भयो ।
गणतन्त्र त आयो साथमा धेरै तान्त्रिकहरू पनि आए हैन र ?
जसले मानौँ देशलाई एसरी हल्लाइरहेका छन् ।
अनि सारा जनता बिना नसा पनि हल्लीरहेका छन् कि कसो

धेरै टाढा किन जाने उहि संसद भवन जाउँन हैन र ?
हेर्नुस् त अंग्रेजी देखि लिएर भारतीय भाषा सम्म सुन्न पाइन्छ ।
देशको भन्दा बढि विदेशको गुणगान सुन्न पाइन्छ
कोहि भवन नै थर्किने गरी खै के–के भन्छन्
तर कोहि मस्त निदाएर दिउँसै सपना देख्न थाल्छन् ।

बिचरा म अनि धेरै महरू छन् यहाँ
जो न त देशको गतिविधि देखेर रून सक्छन् न रम्न नै
एउटा टाउकोलाई हटाएको मेरो देशले
खै यति धेरै टाउकाहरूले के नै गर्याे कि गर्दै छ अझैँ?

सत्ता भन्छन् शाशन भन्छन् कुर्सी पुरानै भएनी छोड्दैँनन्
दुई शक्तिशाली देशको बिचमा टुकरुक्क अडिएर बसेको नेपाल
खै कुन बेला आएर म पाल्छु तिमीहरूलाई यो हाम्रो हो
म बनाउँछु यो देशलाई यो सबै हाम्रै त हो ।

त्यो सँग नडराउँ हामी दिन्छौँ साथ
अनि अर्काे फेरी उहि भन्छ हामी दिन्छौँ साथ
तर भित्र भित्रै रित्तिन लाइसकेको थाहा छैन र ?
बिहान उठ्ँने बित्तिकै हिमाल देख्न पाइयोस्
यि हातले सधैँ सधैँ नेपाल कोर्न पाइयोस्
कति सुन्दर छ यो गितको पंति ।

तर डर लाग्छ बिहान नहुदैँ हिमाल त हराउँदैन नि ?
अनि नेपाल शब्दले छाडेर कतै टाढा त जादैँन नि ?
उफ् ऊ बेला सुनेको थिए नेपाललाई स्विजरल्यान्ड बनाउँछौँ
हामीलाई स्विजरल्यान्ड हैन मात्रै नेपाल चाहिएको छ ।

मात्रै हिमाल ,बुद्ध , बनपाखा , छहराहरू भएको नेपाल
डा।केसी का बाट का पुगेर औषधी बाढिसके
तिमीहरू अझै पनि पोजिटिभ र नेगेटिभको टुंगो लाग्या खै?
अरूलाई देखाउने प्रवित्तिले हैन बनाउँने तरिकाले बनाउँ ।

देखाउँने प्रवित्तिले ऊ बेला रातारात काठमाणडौँ पनि देखियो
अनि केहि समय पछि परिस्थिति उस्तै किन ?
भूतलाई नियालेर वर्तमानलाई अंगालेर भविष्यलाई बाटो देऊ
अनि बल्ल हुन्छ कि केही ।

पोखरा– १३, लामोडहर

कमेन्टहरु
Loading...