तिम्रो कालो केश फुलेर कास जस्तै भयो आमा !
सधै दुख अभाबमा नै तिम्रो जीवन गयो आमा !!
अझै भन्छेउ यिनका लागि केही सकिन मैले
हाम्रै लागि भन्दा सधै तिम्रो आधा पेट रयो आमा !!
हाम्लाई खुवाए पछि तिमी पेट कस्थेउ पटुकीले
हाम्रो खुसी खोज्दा खोज्दै तिम्रो उमेर गयो आमा !!
खाली हुन्थे खुट्टा तिम्रा पैतालामा रगत बग्थ्यो
हाम्रा हात र खुट्टा हेर्दा तिम्रो आयु गयो आमा !!
अनुहारको छाला पनि मुजा परे, झरिसके दात
हाम्लाई नै भन्दा भन्दै अब तिम्रो के पो रयो आमा !!
(@ कृष्ण आचार्य ‘रचित’ ,पोखरा- ३१, बास्कोट ।)