खोज तथा उद्धार सामाग्री वितरण

पोखरा, ३१ साउन/सिद्धार्थ क्लव पोखराले वडा स्तरीय विपद् व्यवस्थापन समिति पोखरा– ११ लाई खोज तथा उद्धार सामाग्री वितरण गरेको छ । कार्यक्रममा सिद्धार्थ क्लव पोखराका अध्यक्ष दिपेन्द्र मर्सानी, स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद वास्तोला र क्लवका निर्देशक दिलिप दोषिले संयुक्त रुपमा विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा पोखरा वडा नं. ११ का सचिव भिमदेव शर्मालाई ६१ हजार छ सय मुल्य वरावरको सामग्री हस्तान्तरण गरेका थिए ।
स्थानिय स्तरमा नै खोज तथा उद्धार सामाग्री वितरण गरि स्थानिय स्तरमामा विपद् व्यवस्थापनमा जागरुप वनाउने उद्देश्यले सामग्रीहरु वितरण गरिएको हो । कार्यक्रममा सिद्धार्थ क्लवका अध्यक्ष दिपेन्द्र मर्सानीले स्थानिय स्तरमा नै विपद् पर्नु पूर्व जागरुप वनाउने उद्देश्यले सामाग्री वितरण गरेको जानकारी दिए । विकासका काम सग सगै विनास पनि आउने गर्दछ उनले भने– विकास सगै विनासको लागि जुध्न सिक्नको लागि यी सामग्री वितरण गरिएको हो ।
उनले विपद् परेको वेला जुध्न सक्ने क्षमता विकास गर्न पनि मद्दत मिल्ने वताए । स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले पाएका समाग्रीहरुको सहि सदुपयोग गर्न आग्रह गरे । कार्यक्रममा शशस्त्र प्रहरी वल कालिका गणका शशस्त्र प्रहरी नायव उपरिक्षक किसान सिंह टेरा र शशस्त्र प्रहरी जवान ललित खम्चाले खोज तथा उद्धार सामाग्री प्रयोगको वारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सिद्धार्थ क्लव पोखराका निर्देशक दिलिप दोषी, वडा समन्वय समिति पोखरा–११ का अध्यक्ष तुलाराम भण्डारीले सामाग्रीको उचित प्रयोग गर्नु पर्ने बताए । क्लवले आज नै रामेश्वरी उच्च मावि मझेरी पाटनमा ६६ हजार वारावरको र वडा नं. १४ मा ६१ हजारको सामाग्री वितरण गरेको छ । क्लवले पोखरा १८ वटा वडा विद्यालय सम्वन्धित सरकारी कार्यालय र समुदायमा गरि करिव ५० ठाउमा सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।
पोखरा उपमहानगरपालिका, सिद्धार्थ क्लव र कम्युनि िसर्पोट ग्रुपद्धारा एक्सन एड् ईन्टरनेशनल नेपाल र प्राक्टीकल एक्सन नेपालको सहयोगमा पोखरामा विपद उत्थानशिल समुदाय निर्माण परियोजना सञ्चालन भईरहेको छ । विपद् व्यवस्थापन समिति पोखरा– ११ का अध्यक्ष तथा वडा नं.११ का सचिव भिमदेव शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा चन्द्रकान्त केसीले स्वागत र सिद्धार्थ क्लव विपत उत्थानशिल समुदाय निर्माण परियोजनाका सामाजिक परिचालक वासुदेव घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...