पोखराको क्याम्पिङ साईट अन्तराष्ट्रियस्तरको साँगीतिक महोत्सव

पोखरा, १२ असोज/शान्ति र प्रेमको सन्देश फैलाउने उद्देश्यसहित पोखरामा अन्तराष्ट्रियस्तरको साँगीतिक महोत्सव हुने भएको छ । असोज १४ र १५ गते पोखरा हल्लनचोकस्थित क्याम्पिङ साईटमा हुने महोत्सवमा नर्वेको ‘रुने एडभर्सन ब्याण्ड’सहित नेपालका चर्चित कलाकारहरुले प्रस्तुती दिनेछन् ।

‘हिमालय गुड न्यूज’ नामक संस्थाको आयोजनामा हुने कार्यक्रमलाई पोखराको क्रिस्टल क्लज डान्स ईन्स्टिच्यूटले व्यवस्थापन गर्दैछ । पोखरामा पत्रकार सम्मेलन गर्दै आयोजकले यो साँगीतिक महोत्सवले पोखरामा विशेष हुने दाबी ग¥यो । ‘पोखरा सुन्दर ठाऊँ हो । र, यहाँका मानिसहरु पनि निकै शालिन छन् ।’ हिमालयन गुड न्यूजका मिडिया को–अर्डिनेटर दिपक चाम्लिङ राईले भने–‘पोखरामा हुन लागेको शान्ति र प्रेमको सन्देश बाँड्ने साँगीतिक महोत्सव पक्कै पनि उत्कृष्ट रहनेछ ।’

पोखराको क्याम्पिङ साईट अन्तराष्ट्रियस्तरको साँगीतिक महोत्सव
पोखराको क्याम्पिङ साईट अन्तराष्ट्रियस्तरको साँगीतिक महोत्सव

पोखरामा दुई दिनसम्म हुने महोत्सवको व्यवस्थापनको जिम्मा लिएको क्रिस्टल क्लजले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । ‘हामीले साँगीतिक महोत्सवको तयारीलाई अन्तिम रुप दिईसकेका छौँ ।’ क्रिस्टल क्लजका संचालक गोविन्द बाँस्तोलाले भने–‘महोत्सवमा पोखरेलीको भव्य उपस्थिती गराउने हाम्रो लक्ष्य हो ।’

दुई दिनसम्म हुने अन्तराष्ट्रियस्तरको साँगीतिक महोत्सवमा प्रवेश निशुल्क राखिएको छ । महोत्सवको क्रममा नर्वेको रुने एड्भर्सन ब्याण्डसँगै नेपालबाट एड्रिन प्रधान, अन्जु पन्त, डि मर्चा, लाउरे एण्ड द ब्याण्ड, रोमा न्यौपाने, क्रिस्टल क्लज डान्स ग्रुपको विशेष प्रस्तुती रहनेछ । यो साँगीतिक महोत्सवले पोखराको पर्यटन प्रवद्र्धन हुने विश्वास आयोजकको छ ।

भूकम्पले आल्हादित भएका नेपालीहरुको मनमा साँगीतिक महोत्सवले मल्हम लगाउने आयोजकको तर्क छ । भूकम्प पश्चात नेपालका विभिन्न ठाऊँमा आर्थिक तथा भौतिक सहयोग गरेको नर्वेको ब्याण्ड ‘रुने एडभर्सन’कै खर्चमा यो साँगीतिक महोत्सव हुन लागेको हो । पोखरामा हुने यो साँगीतिक महोत्सवमा ३० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । यसअगाडि यस्तै प्रकृतिको साँगीतिक महोत्सव काठमाण्डौमा भैसकेको छ ।

कमेन्टहरु
Loading...