पोखराको पालिखेचोक नजिक कवाडी उठाउने युवकको हत्या (भिडियो सहित)

पोखरा, १५ असोज / पोखरा महानगरपाकिाल पालिखेचोकमा एक युवाको हत्या भएको छ । राजकुमार नाम गरेका करिब ३२ बर्षीय एक युवाको

हत्या भएको स्थानियले बताएका छन् । राजकुमारको निधारको देब्रेपटि गहिरो चोट रहेको छ भने उनको शव भएको स्थानमा रगत लतपतिएको

अबस्थामा रहेको छ ।

पालिखेचोकको एक खुल्ला टहरामा उनको शव स्थानियले आज विहान देखे पछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको बारे अनुसन्धान

थालेको छ । केहि दिन देखि उनले कवाडी सामानहरु बोक्दै आएको स्थानीयले बताएका छन् ।

हत्या भएको स्थानमा कवाडीको सामान सहितको वोरा र सेतो कपडामा रगत लतपतिएको अबस्थामा भेटिएको थियो । हत्या भएका युवाको

सम्पुर्ण परिचय खुल्न सकेको छैन । उनको शब पोष्टमार्टमा लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखीको छ । अनुसन्धानमा संलग्न प्रहरीका

अनुसार उनको निधारमा गहिरो चोट लागेकार टाउकोमा पट्टी बाधेका कारण घटना अर्को ठाउँमा भएको हुनसक्ने बताए ।

घटना पछि उनी कवाडीको बोरा बोकेर त्यहाँ सम्म आएको हुन सक्ने बताए । बढि रगत बगेपछि रगतकम भएर उनको मृत्युको हुन सक्ने

प्रहरीको भनाई छ । पहिले उनलाई कस्ले र केले प्रहार गरेको हो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

पोखराको पालिखेचोक नजिक एक युवाको हत्या

पोखराको पालिखेचोक नजिक एक युवाको हत्या

Posted by Ganthan.com on Tuesday, October 2, 2018

कमेन्टहरु
Loading...