बेलिङटनमा नयाँ वर्षका शुभकामना

नेपाली समाज बेलिङटनको आयोजनामा न्युजील्यान्डको राजधानी बेलिङटनमा नयाँ बर्ष – २०७५ को शुभकामना आदान प्रदान भएको छ ।

नेपाली साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गरिएको सदस्य नवजीव ढुंगानाले जानकारी दिए । नेपाली नयाँ वर्षको प्रचारसँगै नेपालीबीच एकता र सद्भाव विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा दुई सय भन्दा बढी नेपाली , न्युजील्यान्डका उच्च पदस्थ व्यत्तित्व र विदेशी सहभागि थिए । कार्यक्रमका हट सिटीका मेयर रे वाल्लसले नेपालीहरुले न्युजील्यान्डको विकासमा सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

त्यसअवसरमा समाजलाई सहयोग गर्नेलाई सम्मान र खेलकुद प्रतियोगिताका बिजेतालाई पुरस्कृत गरिएको थियो । नेपाली समाज बेलिङटनका अध्यक्ष त्रिभुवन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम सदस्य नवजीव ढुंगाना र नबिना कार्कीले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...