भुमेश्वर प्राथमिक विद्यालयको ५९ आँै वार्षिक उत्सव

पोखरा २ पुस/लामाचौर ७ घार्मिमा रहेको भुमेश्वर प्राथमिक विद्यालयको ५९ आँै वार्षिक उत्सव एक कार्यक्रमका विच मनाईएको छ ।
कार्यक्रममा प्रमुख अतिथि लामाचौर स्रोत केन्द्रका स्रोत व्यक्ति लेखनाथ लामिछानेले विद्यालयमा अंग्रेजी माध्ययमा पढाई सूरु भएको मा प्रशंशा गर्दे अझै यस्ता कामलाई निरन्तरता दिन शुभकामना दिनु भयो ।
सो अवसरमा विद्यालयका प्र.अ. बैकुण्ठ पौडेलले आ.व.०६९ ÷७० को आर्थिक र प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै पौडेललाई विद्यालयमा उत्कृट कार्य गरेको भन्दै सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व शिक्षक रमेश राज आर्चाय र दानियल तामाङ लाई विदाई गरिएको थियो ।विद्यालयको स्तरउन्नोतीको लागी आज मात्रै १ लाख रुपयाँ संकलन भएको छ । ।सो अवसरमा पुरस्कार वितरण संगै उत्कृष्ट अभिभावक सिंह वहादुर तामाङलाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वाल व्यस पंडित ऋिषिराम पौडेल ,लामाचौर गाविसका सचिव स्थानेश्वर ढुङगाना ,विद्यालय व्यवस्थान समितिका पूर्व अध्यक्ष एवंम अक्षय कोष दाता शोभा मोहन पौडेल ,पूर्व विद्यार्थीं विनोद आर्चाय ,अभिभावक सावित्रि पौडेल लगाएतले बोल्नु भएको थियो ।

कमेन्टहरु
Loading...