युआरएल अध्यक्षमा थापा

पोखरा, 4 भदौ/पोखराको सभागृहचोक, गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को अध्यक्षमा सुशील थापा नियुक्त भएका छन् ।

शनिबार भएको युआरएल सञ्चालक समितिको बैठकले थापालाई अध्यक्ष नियुक्त गरेको छ । युआरएलको स्थापनाकालदेखि नै सल्लाहकार र निर्देशक रहेका थापा मेडिकल प्रयोगशालाको क्वालिटी कन्ट्रोल विज्ञ हुन् ।

थापाले प्रयोगशाला क्षेत्रमा आएका नयाँ प्रविधि र परीक्षण भित्र्याउँदै युआरएललाई यस क्षेत्रको अग्रणी प्रयोगशाला बनाउने दिशामा आफ्नो प्रयत्न रहने बताए ।

कमेन्टहरु
Loading...