युनाइटेड क्लवले वार्षिकोत्सवमा सप्ताहब्यापी कार्यक्रम गर्ने

पोखरा ३१ चैत्र /युनाइटेड क्लवले आफ्नो सातौ वार्षिकोत्सवको अवसर पारी सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ । क्लवले आफ्नो स्थापना दिन बैशाख ७ को अवसर पारी बैशाख २ गतेबाट ७ गते सम्म सप्ताहब्यापी कार्यक्रमको आयोजना गर्न लागेको हो ।स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन संगै विभिन्न सामाजिक सेवामा अग्रसर रहेको क्लवले आफ्नो सातौ वार्षिकोत्सवलाई मध्येनजर गरी सप्ताहब्यापी कार्यक्रमको आयोजना गर्न लागेको क्लवका महासचिव राजु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सप्ताहब्यापी कार्यक्रम अन्तर्गत वैशाख २ गते अमरसिंह चोक वरपर बृहत सरसफाइ कार्यक्रम, ३ गते अमरसिंह चोकमा बृहत रक्तदान कार्यक्रम, ४ गत पोखरा १४ मा रहेको बात्सायनमा बृद्धाश्रमसहयोग कार्यक्रम , ५ गते सेती नदी संरक्षण कार्यक्रम अन्तर्गत सेती नदीको बृहत सरसफाइ, ६ गते महेन्द्र मावि लामाचौरमा छात्रवृद्धि कोष स्थापना कार्यक्रम र अन्तिम दिन ७ गते पोखरा लेखनाथ ३१ पचभैयामा चिडियाखाना निर्माणको लागी रकम हस्तान्तरण तथा प्रस्तावित अन्तराष्ट्रिय चिडियाखाना भित्र निर्माण सम्पन्न भएको तथा बन्यजन्तु उद्धार केन्द्रको उद्घाटन र सांझ अमरसिंह चोकमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिने समेत श्रेष्ठले जानकारी दिए ।सप्ताहब्यापी कार्यक्रमको मुल संयोजक क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङ र सह संयोजक द्धितिय उपाध्यक्ष लोक बहादुर थापा रहेका छन ।

सप्ताहब्यापी कार्यक्रम अन्तर्गत सरसफाइ कार्यक्रमको संयोजक कार्यसमिती सदस्य पूर्णकला पोख्रेल , रक्तदानमा कार्यसमिती सदस्य सूर्य बहादुर बानिया, बृद्धाश्रम सहयोग कार्यक्रममा कार्यसमिती सदस्य सावित्री थापा, सेती नदी संरक्षणमा क्लवका महासचिव राजु श्रेष्ठ, छात्रबृद्धि कोष स्थापनामा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङ , चिडियाखाना निर्माण सहयोगार्थ रकम हस्तान्तरण संयोजकमा क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिना, बन्यजन्तु उद्धार केन्द्रको उद्घाटन संयोजकमा क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल र दिप प्रज्वलनमा कार्यसमिती सदस्य निर्मला लामिछानेलाई संयोजक तोकिएको छ ।

युनाइटेड क्लवले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन संगै सेतीनदी संरक्षणमा लागी परेको र यसपालि क्लवको सातौ वार्षिकोत्सव भब्य र सभ्य बनाउन क्लव परिवार लागी परेको वताउदै क्लवको सामाजिक काममा सहभागीता जनाइदिन क्लवका अध्यक्ष सुक बहादुर गुरुङले आब्ह्वान गरेका छन ।

कमेन्टहरु
Loading...