बाथरुपमा लडेदा समाज सेवी गिरीको निधन

पोखरा, २७ साउन /समाज सेवी तथा राप्रपा कास्कीका सल्लाहकार टेकन गिरीको गए राती ७८ वर्षको उमेरमा निधन भएको छ । बाथरुममा चिप्लेर लड्दा टाउकोमा गम्भीर चोट लागेर उपचारका लागि काठमाडौं लगिए पनि उनको उपचार हुन सकेन ।

उनको गएराती ११ बजे निधन भएको परिवाले जानकारी दिएको छ । स्वर्गिय गिरीको शुक्रबार विहान रामघाट पोखरामा अन्त्येष्टी गरिएको छ । स्वर्गिय गिरीका श्रीमती र ४ छोरा र ७ छोरी छन् ।

यसैबीच राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनले एक शोक विज्ञप्ति प्रकाशित गरी गिरीको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउँदै मृत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

कमेन्टहरु
Loading...