तरुण दल लाहाचोक अध्यक्ष जिसिको निधन

पोखरा, ८ जेठ । नेपाल तरुण दल लाहाचोकका अध्यक्ष वीरबहादुर जिसि ‘विदुर’ को निधन भएको छ । राजधानीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा सोमबार ४८ वर्षिय जिसिको निधन भएको हो । उनको लाहाचोकस्थित सेती नदी किनारमा मङ्गलबार अन्त्येष्ठि गरिएको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए । शवयात्रामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक, आफन्त सहभागी भएको कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए ।

यसवीच, नेपाली काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी जिसिको निधनप्रति शोक व्यक्त गरेको छ । शोक विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

कमेन्टहरु
Loading...