सुनकोशीमा बस दुर्घटना हुदाँ १३ जनाको मृत्यु

दोलखा, १७ कात्तिक / दोलखाबाट काठमाडौं जादै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटना हुदाँ ११ जनाको मृत्यु भएको छ ।

११ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरीले जानकारी दिए । मृतकको सनाखत हुन भने बाँकी छ ।

आइतबार दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको माघापौवाबाट शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेमा दुर्घटना भएको थियो ।

बसमा करिब ५० जना यात्रु सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...